विपद्को रिपोर्टिङ गर्न धादिङका पत्रकारहरु एकजुट

१३ असार, धादिङ – विपद् व्यवस्थापन सम्बन्धी रिपोटिङ गर्न धादिङका पत्रकारहरु धादिङबेसीमा एकजुट भएका छन् ।

जिल्ला विकास समिति धादिङको सहयोगमा नेपाल पत्रकार महासंघ धादिङको आयोजनामा तीन दिनसम्म धादिङका विभिन्न सञ्चार माध्यममा आबद्ध ३० जना एकजुट भएका हुन् । तीनदिनसम्म चलेको तालिममा नेपाल टेलिभिजनका समाचार प्रमुख राजेन्द्र देव आचार्यले विपदका बेला कसरी रिपोर्टिङ, कस्ता कस्ता तरिकाहरु अपनाउने लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । त्यस्तै संचारमाध्यममा बोलिने भाषा तथा विषयका बारेमा पनि सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

तालिमको आइतबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । नेपाल पत्रकार महासंघ धादिङको अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा जिल्ला विकास समिति धादिङको योजना तथा प्रशासकिय अधिकृत युवराज अर्याल, सूचना अधिकृत भोला गौतम लगायतलेको सहभागीता रहेको थियो । तालिम पश्चात सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Pabilnews, 28 June 2015

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "विपद्को रिपोर्टिङ गर्न धादिङका पत्रकारहरु एकजुट"

Leave a comment

Your email address will not be published.


*