रामकृष्ण अधिकारी : “जो कोहीलाई पनि भुइँचालो विद्का रुपमा मिडियाले उभ्याईदिने काम गर्यो”

उमेर (Age):
30

ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
मिडिया क्षेत्र (media sector)

बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
शनिवारको दिन भएकोले घरमा आराम गरेर टिभि हेर्दै वसिरहेको थिएँ ।

भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.
सँगै अर्काे कोठामा भाई, भाउजु र सानो भतिज वसिरहेकोले उतै पट्टि गएँ । दुई वर्ष पुग्दै गरेको भतिजलाई साथमा लिएँ र टेवुलमुनि अडेस लगाएर बसें । घर पूरै हल्लिरहेको थियो । घर भत्किएन भने बाँचिन्छ, भत्किए मरिन्छ भनेर मानसिक रुपमा तयार भएर बसें ।

त्यतिखेर तपाइलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
परिवार नै महत्वपूर्ण चासो र सरोकारको विषय बन्दो रहेछ, हामीसँग सो अवस्थामा घरमा नभएका दाजु, वुवा ममिको अवस्था वुझने कुरा पहिलो सरोकारको विषय वन्न् पुग्यो ।

त्यस बेला तपाईंले के-कस्ता सुचना खोज्नु भयो? तपाईंले आवश्यक सुचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
पारिवारिक अवस्था वुझिसकेपछि आफू सञ्चारकर्मी पनि भएकोले कहाँ के-कस्ते अवस्था छ भन्ने जानकारी लिने प्रयत्न्न गरियो । सामाजिक सन्जाल फेसवुक, ट्वीटर, विभिन्न अनलाइन पोर्टलहरु, मोवाइल आदिवाट कहाँ के अवस्था रहेछ भन्ने जानकारी लिन खोजियो । रेडियो, टिभि मार्फत पनि केही सूचनाहरु लिन थालियो । वेलावखत टेलिफोन, इन्टरनेटमा आएको समस्याका कारण कतिपय सूचनाहरु सहजै पाउन सकिएन ।

रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाईन जस्ता समाचार स्रोतहरु तपाइलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
तत्कालका लागि सवैभन्दा वढी रेडियो, त्यसमा पनि रेडियो नेपाल अलिक वढी सूचना लिन भरपर्दाे माध्यम वने । साथमा अनलाइन पोर्टलहरु पनि । टिभि हेर्ने र सूचना लिने अवस्था त्यति भएन । समाचारपत्रहरु भोलिपल्टका लागि मात्रै महत्वपूर्ण वन्न् पुगे । मिडियाको कमजोर पक्ष भनेकै सूचनाको राम्रो भेरिफाई गर्न नसक्नु रहयो । कतिपय अवस्थामा आफूखुसी समाचार सम्प्रेषण गरिदिने समस्या रह्यो । भुइँचालो कत्रो गएको हो, कस्तो खालको भूइचालो हो भन्नेमै मिडिया पिच्छे फरक-फरक तथ्यहरु आए । कुनलाई आधिकारिक मान्ने भन्नेमा समस्या रहयो । मिडियाले विज्ञहरुको छनौट गर्न सकेनन् । कतिपयले आफूखुसी विज्ञका नाममा मिडियामा मान्छेहरुलाई ल्याउन थालियो । एक किसिमले भन्दा जो कोहीलाई पनि भुइँचालो विद्का रुपमा मिडियाले उभ्याईदिने काम गर्यो । जसले गर्दा सही सूचना भन्दा पनि सर्वसाधारण र आतंकित जनतालाई झनै आतंकति र अन्यौल वनाउने काम पनि भयो । यो मिडियाको नकारात्मक पक्षक रुपमा देखियो । त्यसका साथमा भत्किएका खढडहरु, शवका तस्विरहरुलाई प्राथमिकतामा राखेर देखाउँदा मान्छेहरुमा वढी निरासा छर्ने काम पनि मिडियावाट भए । मिडियाको सवल पक्ष भनेको उनीहरु जोखिम उठाएर मानसिक तनाव लिएरै भएपनि निरन्तर काममा खटिए । जनतालाई सुसुचित गर्ने आफनो दायित्व र कर्तब्यवोधमा कन्जुस्याई नगरी सक्दो सुचना सम्प्रेषणमा मिडिया र मिडियाकर्मीहरु जुटे ।

भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
भूकम्पपछिको हप्ताको कुरा गर्दा दुई दिन आफू कार्यरत सस्थामा निरन्तर काममा खटें । आफनो नुवाकोटमा रहेको घर भत्किएकोले तेस्रो दिन भने नुवाकोट लागे र त्यहाँ रहनु भएका वुवा ममिलाई पाल राखेर अस्थायी टहरा निर्माण गर्ने काममा वित्यो ।

त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week, following the quake?)
स्मरणीय पक्ष भनेकै भुइँचालो आउँदा घर भित्रै रहेर घरसँगै हल्लिनु नै रहयो । आफू वालाजु क्षेत्रमा वस्ने भएको हुँदा घरवाट वाहिर निस्कंदा आफनो वसोवास आसपासका क्षेत्रमा घरहरु ढलेका, मान्छे मरेका देख्दा आङ नै सिरिंग्ग हुने वनायो । सायद त्यो दिनको यो नै स्मरणीय पक्ष रह्यो ।

बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
विपत्ति कसैले रोकेर रोकिन्न्, भूकम्प आउँछ, त्यसले मानवीय क्षति गर्ने भन्दा पनि हामीले निर्माण गरेका भौतिक संरचनाहरुका कारण हामीले क्षति ब्यहोर्नु पर्ने रहेछ । जसकाकारण सुरक्षित तवरले भूकम्प प्रतिरोधी खालका साना घरहरु निर्माण गर्ने, प्राकृतिक विपत्तिको पूर्व तयारीमा वस्ने गर्नु पर्दाे रहेछ भन्ने शिक्षा यसवाट मिलेको छ ।

तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भनेयहाँ शेयर गर्न सक्नु हुन्छ 

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "रामकृष्ण अधिकारी : “जो कोहीलाई पनि भुइँचालो विद्का रुपमा मिडियाले उभ्याईदिने काम गर्यो”"

Leave a comment

Your email address will not be published.


*