रत्नावली शर्मा : “आफू रेडियो नेपालमा कार्यरत भएर होला हतार हतार रेडियो खोलें”

उमेर (Age):
30

ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
मिडिया क्षेत्र (media sector)

बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
बैशाख १२ को भूकम्पमा म घरमा २ महिनाको छोरासँगै सुत्केरी विदामा थिएँ ।

भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.)
श्रीमान शेखर दाहाल पनि त्यहीं हुनुहुन्थ्यो, अनि उहाँलाई अब के गर्ने भनेर सोधें । उहाँले “अहिले नआतिइ यही बसौं” भन्नुभयो र कोठामै बसियो । .भूकम्प कतिबेला थामिन्छ भनेर मन आत्तियो ।

त्यतिखेर तपाईंलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
यति ठूलो भूकम्प महसूस कहिल्यै गरिएको थिएन । हाम्रो घर यसरी हल्लिरहेको छ काटमाढौंका अन्य स्थानको हालत के भयो होला भन्ने मलाई लाग्यो । .

त्यस बेला तपाईंले के-कस्ता सूचना खोज्नु भयो? आफूलाई आवश्यक सूचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
भूकम्पको केन्द्रविन्दु कहाँ होला, के-कस्तो क्षती भयो होला ? के कति हताहती भयो होला ? काठमाडौंमा मात्र यस्तो भयो कि अन्य जिल्लाहरुमा पनि यस्तो भयो, आदि आदि । आफू रेडियो नेपालमा कार्यरत भएर होला हतार हतार रेडियो खोलें, १२ बजेको समाचार रोकिए लगत्तै सहकर्मीहरु भूकम्प सम्बन्धि जानकारी दिन क्रियाशील हुनुहुन्थ्यो । असहज अवस्थामा पनि केही मात्रामा सूचना पाइयो ।

रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाइन जस्ता समाचार स्रोतहरु तपाईंलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
समाचार स्रोतहरु उपयोगी साबित भए । केही मिडियाले अलि भयावह स्थिति वर्णन गरेपनि केही केहीले संयमता अपनाएका थिए ।

भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
काखमा सानो बच्चा थियो, घर भित्रा र बाहिर गरियो । बाहिरको बासले बच्चा अस्वस्थ हुन थाले पछि 5 दिनपछि मैले राजधानी छोडें ।

त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week following the quake?)
—————–

बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
वस्ती विस्तार, भवन निर्माण गर्दा गहिरो अध्ययन गरी योजनाका साथ निर्माण गर्नुपर्छ । ऐतिहासिक सम्पदाको पनि रेट्रोफिटिङ गर्दै गर्नु पर्छ ।

तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।

 

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "रत्नावली शर्मा : “आफू रेडियो नेपालमा कार्यरत भएर होला हतार हतार रेडियो खोलें”"

Leave a comment

Your email address will not be published.


*