मकवानपुरमा हेटौडा एफएमको अनवरत प्रसारण

Untitled

उज्ज्वल चौलागाइँ

इमेल: n-hetaudafm@gmail.com  सबै तस्विर: लेखक

प्रवन्ध निर्देशक, हेटौडा एफएम

नेपालका एफएम रेडियोहरूको जन्म भएको दुइ दशक भन्दा बढी भएको छ । अहिले सयौ रेडियो स्टेशनहरू  छन् । १२ गतेको भूकम्पले के सामुदायिक, के सार्वजनिक थुप्रै रेडियोहरूको हालत प्राय उस्तै बनाएको छ ।

स्टेसनहरू क्षत विक्षत भएका छन् । कयौ टावरहरू ढलेका छन् । काम गर्ने वातावरण भए पनि नभए पनि स्टुडियोमा जानै परेको छ । आफ्नो दायित्व पूरा गर्नै परेको छ । दायित्वबाट पञ्छिन भएन । डराएर भाग्न भएन । मन कहालिए पनि, तन कामे पनि सामुदायिक सन्देश वाहकले डराउन मिलेन ।

रेडियो सञ्चालन गर्दा लिएको प्रतिद्धतालाई पूरा गर्नै पर्यो । रेडियो शुरु गरे यता यस प्रकारको दःुखत अवस्थामा काम गर्नु परेको सायदै थियो । तर यस पटक भने एफएम रेडियोले हदै सम्मको उदारता देखाए । सम्यमित भएर काम गरे । भूकम्पले रेडियोकर्मीको परीक्षा लियो । अफ्ठ्यारो अवस्थामा मात्र परीक्षा लियो । रेडियोकर्मीहरू  परीक्षार्थी बने । त्यस्ता परीक्षामा थुप्रै रेडियोकर्मीहरू सफल भएका छन्, पास भएका छन् । कति त फेलै पनि भएका छन् ।

Untitled2

नेपालका एफएम रेडियोहरू ले यस्तै प्रकारका चुनौतीको सामना गर्नुपर्यो । ज्यान, धन र परिवारको प्रर्वाह नगरी जनताको सुखदुःखको साथी हुनुप¥यो । एफएम रेडियोले सर्वसाधारणको माझमा अझ सशक्त भएर जाने मौका पाएका छन् । उदाहरणीय काम गरेर देखाउने अवसर पनि पाएका छन् ।

मकवानपुरमा भूकम्पको धक्काले आधादर्जन भन्दा बढी एफएम रेडियोलाई नराम्ररी हल्लायो । हेटौडा एफएम वाहेक सवै जसो एफएम रेडियोहरू  बन्दै भए ।

यसै सन्दर्भमा म मकवानपुर जिल्लाको एउटा रेडियोको अनुभव सुनाउन गइरहेको छु । बैशाख १२ गते ११ बजेर ५६ मिनेटको ७. ६ रेक्टरको भूकम्पले पूरै नेपाल हल्लायो । आधा नेपाल तहसनहस बनायो । मकवानपुर जिल्लालाई पनि यसले अछुतो राख्ने कुरै भएन । मकवानपुरमा भूकम्पको धक्काले आधादर्जन भन्दा बढी एफएम रेडियोलाई नराम्ररी हल्लायो । हेटौडा एफएम वाहेक सवै जसो एफएम रेडियोहरू  बन्दै भए । तीन दिने विद्युत आपूर्ति बन्दले त एफएम रेडियोहरू झनै मारमा परे । स्थानीय पत्रिकाहरू  पनि प्रकाशित भएनन् । यद्यपि यस्तो समस्या मकवानपुर जिल्लामा मात्र होइन देशैभरि कै अधिकांश मिडियाहरूमा परेको थियो ।

भूकम्प गएपछि यसले एफएम रेडियोका कर्मचारी र पत्रकारहरू लाई अन्योलमा पा¥यो । सूचना प्रशारणमा प्रभाव पार्यो । एफएम रेडियोको हालत पनि नराम्रो बनायो । इन्टरनेट पनि पूर्ण रुपमा अवरुद्ध भएको थियो । टेलिभिजन तथा स्याटेलाइट पनि पूर्ण रुपमा अवरुद्ध भए । के गर्ने भन्ने दोेधारमा पार्यो । यस्तो अन्योलबीच पनि काम गर्नै पर्ने भो ।

त्यो समय भनेको सर्वसाधारणलाई सूचना दिने थियो । त्यही मूल मन्त्रलाई ध्यानमा राखियो । एफएम स्टुडियोमा बसिरइयो । सूचना प्रशारण गरिरइयो । अनि मन दरो बनाइयो । त्यति बेलाको पहिलो चिन्ता नै कसरी श्रोतासम्म नयाँ जानकारी पु¥याउने भन्ने भयो । भाग्यवस त्यति वेला ल्यान्डलाइन टेलिफोन सञ्चालनमा आयो, त्यो सूचनाको एकमात्र भरपर्दो साथी भयो । रेडियोवाट टेलिफोन गरेर श्रोतासम्म पुगियो । गाउँ–गाउँमा त्यहाँको अवस्था वारेमा सोधियो । जानकारी दिन आग्रह गरियो । सूचना संकलन गरियो ।

जिल्लाभरिको अवस्थाको वारेमा प्रशारण गरियो । यस्तो अवस्थामा जिल्लाका मात्र होइन जिल्ला वाहिरका सूचना पाउन र प्रशारण गर्न भने अर्को चुनौति थपियो । आक्कल झुक्कल लाग्ने संचारकर्मीहरूको टेलिफोन नै सूचनाको भरपर्दो माध्यम हुन पुग्यो भने अन्य स्रोतहरू प्रयोगहिन भए । घरमा मान्छे बस्न सक्ने अवस्था थिएन । भरपर्दा स्रोतमा पुग्न मस्किलै भयो ।

जिल्लाभरिको अवस्थाको वारेमा प्रशारण गरियो । यस्तो अवस्थामा जिल्लाका मात्र होइन जिल्ला वाहिरका सूचना पाउन र प्रशारण गर्न भने अर्को चुनौति थपियो । आक्कल झुक्कल लाग्ने संचारकर्मीहरूको टेलिफोन नै सूचनाको भरपर्दो माध्यम हुन पुग्यो भने अन्य स्रोतहरू प्रयोगहिन भए । घरमा मान्छे बस्न सक्ने अवस्था थिएन । भरपर्दा स्रोतमा पुग्न मस्किलै भयो ।

हामीले भूकम्प पछिको  १५÷२० मिनेटबाट भूकम्पका समाचारहरू दिन शुरु ग¥यौ । आजसम्म पनि त्यो  रफ्तार जारीरहेको छ ।  १२ गतेकै अपरान्ह ४ वजेपछि वल्लवल्ल वल्र्डलिंकले इन्टरनेट जोडिदियो । त्यो नै एकमात्र सञ्चार माध्यमको भरपर्दो अर्को साथी बन्यो ।

जिल्लाको सदरमुकाम हेटौडाका प्रत्येक गल्ली गल्ली, टोलटोलमा र गाउ गाउमा पनि सूचनाको भोक मेटाउन श्रोतासामू पुगियो । सवैले सूचना र सञ्चारमाध्यमको महत्व राम्ररी बझ्ने मौका पाए । मिडियाको महत्व झनै बढेको अनुभव भयो । एफएम रेडियोको महत्व पनि बढेको जस्तो लाग्दछ । मान्छेसंग मिडियाका साधनमा मोवाइल तथा एफएम रेडियो मात्र देखिन्थे ।

हामीले सधैँ बजिरहने गीतहरू बन्द गर्यौ । हामी चोक चोकमा पुग्यौ । चौर चौरमा पुग्यौ । माइक र स्पीकर राखेर रेडियो बजायौं । हेटौडा एफएम मात्र बजाइदियौ । यसरी आपतकालीन सेवा दिन पाएकोमा धेरै खुसी लागेको छ ।

हेटौडा एफएमले अनवरत रुपमा समाचार दिइरह्यो । सर्वसाधारणलाई साथ दिइरह्यो । धैर्यताका सूचनाहरू प्रशारण गरिरह्यो । पटक पटक आउने भूकम्पको धक्काले केही वेर विचलित बनाउथ्यो । केहीबेर अवरोध गथ्र्यो । विचलित बनाए पनि हामीले आमसञ्चार माध्यममार्फत आफ्नो धर्म पूर्ण रुपमा निर्वाह गरिरह्यौं ।

भूकम्पको जानकारी गराउदा गराउदै पुन आउने धक्काले कतिपटक त हामीलाई स्टुडियोवाट भाग्न वाध्य बनाउँथ्यो । त्यस्तो अवस्थामा भएपनि समाचार प्रशारण गर्ने क्रमभने रोकिएन । र, रोक्न चाहेनौं पनि ।  भूकम्पको त्रासले प्रायजसो कर्मचारीहरू अफिस आउन छाडे । यस अवस्थामा प्रमुख जिम्मेवारीबाट आफूले त पन्छिन पनि भएन । कहिले काहीँ त आफू मात्र स्टुडियोमा बसेको हुन्थे । बोलिरहेको हुन्थे ।

यसै कारणले मकवानपुरका सर्वसाधारणको मुखमा हेटौडा एफएम रेडियो झुण्डिएको छ । सञ्चारका माध्यमहरू  मध्येको भरपर्दो माध्यम रेडियो रहेछ भन्ने भान पनि परेको छ । भनेको सुनिएको छ । यस्तो सुनिरहँदा हामीलाई साच्चिकै राम्रो काम पो गरिएछ जस्तो लाग्छ ।

दिनभरि कहाँ के भयो भन्ने कुराका जानकारी जनतालाई गराउनै पर्यो । राज्यको गतिविधि सुनाउनै प¥यो । छिटो छिटो सूचना जानकारी गराउने एकमात्र माध्यम भइरहे एफएम रेडियोहरू । दिनभर जस्तो गाउ गाउबाट क्षतिका विवरण आउनेक्रम जारी हुन्थे ।

विद्युत लाइन काटिएको थियो । लोडसेङिगको कारण मोवाइल चार्जको समस्या हुन्थ्यो । हामीले निशुल्क मोवाइल चार्जको व्यवस्था मिलाएका थियौं । जसले केही राहत महसुुस भयो । करिव २ हजार व्यक्तिले प्रत्यक्ष रुपमा मोवाइल चार्ज गरे । सेवागर्ने मौका मिल्यो । जनतालाई सेवादिने मामलामा एक कदम पनि हामी पछि परेनौ ।

यसले साच्चिकै रमाइलो लागेको छ । सञ्चार संस्था सञ्चालन गर्नुको अर्कै मजा महसुस भएको छ । जिल्लामा भएका हेटौडा एफएम बाहेक सवै रेडियोहरू बन्द थिए । यस अवस्थामा हाम्रो झन ठूलो जिम्मेवारी थियो । अरु रेडियो प्रशारणमा नभएकाले हेटौडा एफएमका श्रोता पनि एक्कासी बढे । सवैजसो मानिसहरू  खुल्ला स्थानमा वस्थे । हेटौडा एफएम मात्र सुन्थे । रातभर सुन्न खोज्थे । हामीले रातभर भने वजाउन सकेनौ ।

पहिलो झड्कासंगै एफएमको ट्रान्समिटर पूर्ण रुपमा क्षति भएको थियो । दशौ लाखको रेडियो ट्रान्समिटर थियो । क्षति भएपनि जनतालाई सूचना दिनै पर्यो । व्याकअप ट्रान्समिटरले रेडियो चलाउनुको पीडा पनि आफैले पनि भोगियो ।

दिनभर जेनेरेटरको भरमा रिले स्टेशन खडा गर्यौ । रातभरि भैरवडाँडा तथा प्रशारणकेन्द्र कमलडाँडावाट संचालन गर्न नसक्ने अवस्था आयो । वाध्यतावस राति ११ वजे वन्द गरिन्थ्यो । विहान ५ वजे शुरु गरिन्थ्यो । आफ्ना आफन्त गुमाउदै राहतमा हिडेको शुरक्षाकर्मीको ताल भयो हाम्रो पनि । क्वालिटीको भएपनि पहिलो झड्कासंगै एफएमको ट्रान्समिटर पूर्ण रुपमा क्षति भएको थियो । दशौ लाखको रेडियो ट्रान्समिटर थियो । क्षति भएपनि जनतालाई सूचना दिनै पर्यो । व्याकअप ट्रान्समिटरले रेडियो चलाउनुको पीडा पनि आफैले पनि भोगियो ।

रेडियोबाट जानकारीमूलक सूचना दिन प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले फोन गरे । सर्वदलीय वैठक राखे । जानकारीमूलक सूचनाहरू  एफएमवाट बजाउन अनुरोध गरे । समग्र जिल्लाको अवस्था कल्पना गर्न सकिन्नथ्यो । हुन त अन्य जिल्लाको तुलनामा मकवानपुरमा मानवीय क्षती कम भयो । तरपनि घरवार क्षति हुनेको संख्या भने उल्लेख्य छ ।

Untitled3

भोलि पल्टबाट हेटौडा एफएमले भूकम्प पीडितको लागि राहत कोष सञ्चालन ग¥यो ।  कोषमा ४ लाख भन्दा वढी रकम जम्मा भयो । सो रकमले गाउँ–गाउँमा राहत वितरण गरियो । संकलित रकम मध्ये  १ लाख ५० हजार रकम दैविप्रकोप उद्धार समिति मकवानपुर जिल्लामा रहेको खातामा सङ्कलन गरियो । त्यसमध्ये २० हजार रुपैयाँ भूकम्पमा परी ज्यान गुमाउने मकवानपुरे सञ्चारकर्मी सुमन भोम्जनको परिवारलाई वितरण गरिएको थियो ।

भूकम्पको अनुभव साच्चिकैको गजबको रह्यो । हामीले गरेको साहसको प्रशंसा पनि पाइयो । आजसम्म पनि धक्का आउने वित्तिकै भाग्ने, बोल्ने क्रम जारी छ ।

(लेखक व्रोडकास्टिङ्ग एशोसिएसन अफ नेपालका कोषाध्यक्ष एवं प्रवक्ता समेत हुन् ।)

मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत,  ११ जून २०१५

 

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "मकवानपुरमा हेटौडा एफएमको अनवरत प्रसारण"

Leave a comment

Your email address will not be published.


*