भूकम्प प्रभावित सञ्चारकर्मीहरुलाई विभिन्न सञ्चार सामग्रीहरु प्रदान

वैशाख १२ गतेको भूकम्पको कारण प्रभावित सञ्चारकर्मीहरुलाई विभिन्न सञ्चार सामग्रीहरु प्रदान गरिएको छ । नेपाल पर्यटन पत्रकार संघ नेपालले भूकम्प पीडित पत्रकारहरुलाई सञ्चार सामग्रीहरु वितरण गरेको हो । आइतवार काठमाण्डौमा आयोजित कार्यक्रममा नेपाल पर्यटन पत्रकार संघले भूकम्प पीडित पत्रकारहरुलाई आवश्यक सामग्रीहरु प्रदान गरेको हो । भूकम्पबाट प्रभावित सचारकर्मीहरुलाई पत्रकारिता गर्न सहज पुगोस् भन्ने उदेश्यले सञ्चार सामग्रीहरु प्रदान गरिएको पर्यटन पत्रकार सघले जनाएको छ । पर्यटन पत्रकारितामा कृयाशील पत्रकारहरुलाई आवश्यक सञ्चार सामग्रीहरु अडियो रेकर्डर, आइटी उपकरण, ज्याकेट,सहितको ब्याग प्रदान गरिएको हो ।

News24Nepal.tv, 9 August 2015

 

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "भूकम्प प्रभावित सञ्चारकर्मीहरुलाई विभिन्न सञ्चार सामग्रीहरु प्रदान"

Leave a comment

Your email address will not be published.


*