बिपद् पत्रकारिता तालिम सुरु

दरौंदी ः बिपद् र पुनःनिर्माणबारे कसरी रिपोटिङ्ग गर्ने भन्नेबारे गोरखामा सोमबारदेखि बिपद् पत्रकारिता तालीम सुरु भएको छ । अष्ट्रेलियन दूतावासको सहयोगमा राष्ट्रिय संचार बिकास केन्द्रको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोरखाको साझेदारीमा तालीम सुरु भएको हो । तालीममा गोरखा, तनहुँ, कास्की, बाग्लुङ, म्याग्दी, लम्जुङ्गलगायत जिल्लामा पत्रकारिता गर्दै आएका पत्रकारहरु सहभागी रहेका छन् । सोमबार भएको तालीम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सीडियो बलदेव गौतम, एजडीयो प्रेमराज गिरी, प्रशिक्षकहरु रामकृष्ण रेग्मी, श्रीरामसिङ बस्नेत र बिष्णुप्रसाद शर्मा पराजुली, डीएस्पी बसन्त रजौरे, अकोराबका केन्द्रिय बरिष्ठ उपाध्यक्ष किशोरजङ्ग थापा, महासंघका उपाध्यक्ष शिव उप्रेती, अध्यक्ष भीमलाल श्रेष्ठलगायतले मन्तब्य ब्यक्त गरे । तालीम चार दिनसम्म चल्नेछ ।
 Daraundi.com, 21 Feb 2016

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "बिपद् पत्रकारिता तालिम सुरु"

Leave a comment

Your email address will not be published.


*