नरमाया बानियाँ : “तर टी. भी.हरुमा जतिबेला नि काठमाडौका भत्केका घर मात्र देखाउंदा सबै सकिएछ नि काठमाडौ त भन्न्ने भयो”

उमेर (Age):
68

ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
गैर मिडिया क्षेत्र (non-media sector)

बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
म झापामा घरको पहिलो तल्लामा बसेर टी.भी. हेर्दै थिएँ ।

भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake).
के गर्नु-के गर्नु भएर ढोकाको तल दह्रोसँग ढोका समाएर बसें ।

त्यतिखेर तपाईंलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
जे होस्, बाँचियो, त्यै नै ठूलो कुरा लाग्यो ।

त्यस बेला तपाईंले के-कस्ता सूचना खोज्नु भयो? आफूलाई आवश्यक सूचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
आफ्ना छोराछोरीहरु सकुसल छन् छैनन् भनी काठमाडौमा सम्पर्क गर्ने कोेशिस गरें । केह समयपछि सकुसल छन् भन्ने सुनें ।

रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाइन जस्ता समाचार स्रोतहरु तपाईंलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
उपयोगी नै थिए; भूकम्पको त्रास भएको बेलामा पनि सूचनाहरु पाइयो । तर टी. भी.हरुमा जतिबेला नि काठमाडौका भत्केका घर मात्र देखाउंदा सबै सकिएछ नि काठमर्डौ त भन्न्ने भयो । टी. भीले भूकम्पमा क्षति नभएका यी स्थान हुन भनेर देखाइएको कतै पाइएन ।

भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
झापामा त भूकम्पको खासै प्रभाव नपरेकोले यता त्रास भएन, तर आफ्ना छाराछोरी काठमाडौमा भएकोले सधै मनमा चिन्ता भइरह्यो ।

त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week following the quake?)
भूकम्पमा गएको कुरा ।

बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
भूकम्पबाट केहि नहुने घर बनाउनु पर्दछ । साथै आफू भूकम्प आउंदा कसरी सुरक्षित भएर बस्ने भनेर अगाडि नै सोच्नु पर्दछ ।

तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।

 

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "नरमाया बानियाँ : “तर टी. भी.हरुमा जतिबेला नि काठमाडौका भत्केका घर मात्र देखाउंदा सबै सकिएछ नि काठमाडौ त भन्न्ने भयो”"

Leave a comment

Your email address will not be published.


*