जहरमान लिम्बू : “मृत्युलाई नजिकैबाट नियाले पछिको मानसिक अवस्था कस्तो हुन्छ, आफैं विचार गर्नुहोस् न !”

उमेर (Age):
35

ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
गैर मिडिया क्षेत्र (non-media sector)

बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
त्यो भुक्म्प जाँदा म भक्तपुर काँडाघारी स्तिथ कार्यस्थलमा आफ्ना काम गर्ने केटाहरुले के गर्दैछन् भनेर काम हेर्नका लागि निर्मानाधिन पाँच तले घर माथि चड्दै थिएँ ।

भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake).
म त्यो घर बाट भाग्न सकिन । सबै कामदारहरु पनि जहाँको त्यहीं नै रहे । धन्न कैसैलाइ केही भएन । मृत्युलाई नजिकैबाट नियाले पछिको मानसिक अवस्था कस्तो हुन्छ, आफैं विचार गर्नुहोस् न !

त्यतिखेर तपाईंलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
त्यो समयमा सबै भन्दा महत्वपूर्ण कुरा त आफू बाँचिने हो कि मरिने हो, अनि परिवारलाई के भयो होला भन्ने नै रह्यो ।

त्यस बेला तपाईंले के-कस्ता सूचना खोज्नु भयो? आफूलाई आवश्यक सूचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
पारिवारमा सबैलाइ केहि नभएको थाहा पाए पछि अरु कहाँ कहाँ के के भयो भन्ने सूचना खोजे । सबै खालको सूचना पाएँ ।

रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाइन जस्ता समाचार स्रोतहरु तपाईंलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
सबै किसिमका सूचना पाइयो । हरक्षण अपडेट भै रहन पाइयो । कतिपय मिडियाले ‘बीभत्स दृश्य जति धेरै देखाइयो, टेलिभिजनको टिआरपी त्यति नै बढ्छ’ जस्तो गरी मानवीय मनोविज्ञानको ख्याल नगरेको पाइयो ।

भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
म निर्माण व्यवसायी भएकाले अब भूकम्प पछि कसरी अघि बढ्ने भनेर अध्ययन गर्न लागें । परिवारलाई सुरक्षित स्थानतर्फ पठाएँ ।

त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week following the quake?)
पशुपतिमा एकै चोटि जलाइएका लाशहरुले मलाइ छोए । आफन्त गुमाएकाहरुको आँशुले पनि मलाइ छोयो । म त्यो पुरै हप्तालाई भुल्ने छैन ।

बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
घर निर्माणमा विश्वासिलो ठेकेदारसंग सहकार्य गर्नु पर्यो । थोरै पैसामा ठूलो घर बनाउने सपना पनि देख्नु भएन अब देखि ।

तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।

 

About the Author

admin
DISASTER REPORTING RESOURCES FOR THE MEDIA मिडियाका लागि विपद् रिपोर्टिंग स्रोत

Be the first to comment on "जहरमान लिम्बू : “मृत्युलाई नजिकैबाट नियाले पछिको मानसिक अवस्था कस्तो हुन्छ, आफैं विचार गर्नुहोस् न !”"

Leave a comment

Your email address will not be published.


*